‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

Advertisement

काठमाडौँ । सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ उपत्यकाका विभिन्न हलमा प्रदर्शनमा आएको हो ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन आएको छ । दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ ।

शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको मौकामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको हो । ‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी खर्च गरिन्छ भन्ने कुरा पछि बताइने निर्माता तथा कलाकार गिरीले बताए । यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो ।

यो चलचित्रलाई धेरै दर्शकहरुले युट्यूब रिलिजका लागि अनुरोध गरिरहेका छन् । तर निर्माण टिमले युट्यूब रिलिजभन्दा अघि पुनःप्रदर्शन गर्ने योजना बनाएको हो ।

चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्र्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङलगायतका कलाकारको अभिनय गरेका छन् ।

Advertisement

Advertisement

Advertisement