स्थानीयद्धारा मस्र्याङ्दी करिडोर प्रशारण लाइन रोक्न माग

Advertisement

काठमाडौँ । लमजुङको मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको दुई सय २० केभी राष्ट्रिय प्रशारण रोक्न स्थानीयले माग गरेका छन् । मस्र्याङ्दी करिडो अन्तर्गत राइनासदेखि बेँसीसहरसम्मका प्रभावितहरूले विभिन्न कारण देखाउँदै राष्ट्रिय प्रशारण लाइन निर्माण रोक्न माग गरेका हुन् ।

जिल्लाको मस्र्याङ्दी करिडोरअन्तर्गत राइनासको धमिलीकुवा, तार्कुघाट, दोर्दीको अर्चलबोट र बेंसीसहरको उदीपुरलगायत प्रभावितहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउँदै प्रशारण लाइन निर्माण कार्य रोक्न माग गरेका हुन् । स्थानीयलाई जानकारी नदीइ केही आवास र खेतीयोग्य जमिन समेत प्रभावित हुनेगरी राष्ट्रिय प्रशारण लाइन निर्माण गर्न लागिएको भन्दै धनजनको क्षति कम हुनेगरी विकल्प खोज्न स्थानीयले माग गरेका हुन् ।

स्थानीयलाई जानकारीनै नदीइ बसोबास र जीविकोपार्जन गर्ने जग्गामा विद्युत् पोल निर्माण गर्न लागिएको र बस्ती एवं खेतीयोग्य जमिननै विस्थापित गर्न लागिएको भन्दै स्थानीयले संघर्ष समितिनै गठन गरी विरोध गरेका हुन् ।  जग्गाको मञ्जुरी, मुआब्जा तथा क्षतिपूर्तिको टुंगो नलगाइ राष्ट्रिय प्रशारण लाइन निर्माण हुन नदीने संघर्ष समितिले चेतावनी समेत दिएका छन् ।

स्थानीयलाई जानकारी नदीई जग्गा रोक्का गर्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय कानुनविपरीत रहेको संघर्ष समितिका अध्यक्ष खेमराज पण्डितले बताए । प्रायः विद्युत् पोल रहने र तारको दाँयाबाँया अधिकाँश जमिन खेतीयोग्य र आवास क्षेत्र भएकोले मस्र्याङ्दी नदीको किनारबाट प्रशारण लाइन लैजान उनीहरूको सुझाव छ ।

नदीको किनारमा प्रशारण लाइन बनाउदा क्षति कम हुने र विरोध पनि नआउने भन्दै पुनः विचार गर्न आग्रह गरेको अध्यक्ष पण्डितले जानकारी दिए । परियोजनाले क्षतिपूर्ति, मुआब्जाको कुरै नगरी बस्ती खाली गर्न निर्देशन दिएको स्थानीयको गुनासो छ ।

Advertisement

Advertisement

Advertisement