मेगा बैंकले १३१ प्रतिशतले बढायो नाफा

Advertisement

काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब २१ करोड ४३ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ । दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

आर्थिक बर्ष २०७४र७५ को चैत्र मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा एक सय ३१ प्रतिशतले अधिक मुनाफा गर्न सफल भएको छ । २०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ जुन ७४।८८ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ, जुन ६९।५४ प्रतिशतको वृद्धि हो । देशभर एक सय दुई शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, एक सय १९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,४०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत मेगा बैंकले जनाएको छ । गत वर्ष मेगाले यसै अवधिमा ५२ करोड ४९ लाख ४ हजार मात्र खुद नाफा कमाएको थियो ।

Advertisement

Advertisement

Advertisement