त्रिसुली गल्छी जलविद्युत आयोजना इपीसीएफ मोडलमा बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

Advertisement

काठमाडौं । सिद्धकाली पावर लिमिटेडले प्रवद्र्धन गरेको त्रिसुली गल्छी जलविद्युत परियोजना निर्माणको लागी बी जोन अफ लुओहुङ इन्डष्ट्रियल पार्क, चाइनाले इपीसीएफ (इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्ष्ट्रक्शन मोडेलमा निर्माण अघि बढाउने भएको छ ।

यससम्बन्धी सम्मmौतापत्रमा सिद्धकाली पावरका अध्यक्ष त्रिलोचन उप्रेती र चिनियाँ कम्पनीका भाइस जेनेरल म्यानेजर क्वी जिङ वीले हस्ताक्षर गरे । सम्मmौतानुसार बी जोन अफ लुओहुङ इन्डष्ट्रियल पार्कले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सञ्चालनमा आएको दुई वर्षभित्र किस्तावन्दीमा भुक्तानी गर्नुपर्ने शर्तमा रही काम गर्ने निर्णय भएको सिद्धकालीले जनाएको छ ।

आयोजनाको बिस्तृत डिजाईनको काम सम्पन्न गरी अविलम्ब निर्माण सुरु गर्ने सहमति पनि भएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनियाँ कम्पनीले यही मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवामा निर्माणाधिन लाङटाङ र फलाङखु खोला आयोजना यही विधिबाट निर्माण भईरहेका कम्पनीले जनाएको छ ।

सुरुमा ७५ मोगवाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल ‘ड्याम्प–डुई टाइप पावर हाउस बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन भएको विजुली मस्र्यादी काठमाडौं १३२ केभी ट्रान्समिशनलाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपूर्ति गरिनेछ ।

यो आयोजनाको निर्माणकार्य अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागी शेयर निष्काशन गरिने जनाइएको छ । यो आयोजना बनेपछि नुवाकोट जिल्ला जलविद्युत र पर्यटन केन्द्रको रुपमा परिणत हुने भन्दै सिद्धकालीले यो एक बहुद्देशीय परियोजना भएको हुँदा सार्वजनिक निजी साझेदारीको संभावना पनि रहेको कम्पनीका अध्यक्ष उप्रेतीले बताए ।

Advertisement

Advertisement

Advertisement