कृषि विकास बैंकको खुद नाफामा २३ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा दुई अर्ब २१ करोड २१ लाख २७ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको बैंकले एक अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपियाँ खुद नाफा कमाएको थियो। बैंकले अहिले २३ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले यस अवधिमा दुई अर्ब २१ करोड २१ लाख खुद नाफा आर्जन गरेको आर्जन गरेको छ ।

बैंकले रेगुलेटरी रिर्जब कोषमा ३७ करोड ४० लाख छुट्टाएको छ । बैंकको खुद ब्याज आम्दानी २०.०८ प्रतिशतले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपियाँ पुर्याएको छ ।

बैंकले तेस्रो त्रैमासमा एक अर्ब ३२ करोड ९७ लाख रुपियाँ वितरणयोग्य नाफा गरेको छ। यस अनुरुप बैंकले चालु आवमा एक अर्ब ७७ करोड बढीको लाभांश वितरण गर्नसक्ने क्षमता छ ।

कृषि विकास बैंकले जारी गरेको ७ वर्ष अवधिको २ अर्ब ३० करोड बराबरको डिबेञ्चर चालु आर्थिक वर्षको अन्त्यमा समयावधि सकिँदैछ। बैंकले अन्तिम किस्ता अनुरुपको चालु आवमा तेस्रो त्रैमासमा ४६ करोड रकम उक्त ऋणपत्रका लागि व्यवस्था गरेको छ ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । एनएफआरएस अनुसार दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ९ अर्ब ८६ करोड ९२ लाख रुपियाँ सञ्चित रहेको छ ।

बैंकमा ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपियाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

यस अवधिमा बैंकले एक खर्ब १२ अर्ब ८४ करोड ८७ लाख रुपियाँ निक्षेप संकलन गरेर एक खर्ब ९ अर्ब ८८ करोड ३९ लाख रुपियाँ बराबरको कर्जा लगानी गरेको छ । गत आवको चैतमा बैंकको निक्षेप संकलन एक खर्ब ४ अर्ब २१ करोड रुपियाँ र कर्जा लगानी एक खर्ब बराबर रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही घटेपनि अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.२२ प्रतिशतमा सुधार आएको छ।

चालू आवको चैत मसान्तसम्म बैंकको आधार ब्याजदर ११.१६ प्रतिशत र कोषको लागत ७.३६ प्रतिशत रहेको छ। गत आवको चैत मसान्तमा बैंकको आधार ब्याजदर १२.७२ प्रतिशत र कोषको लागत ७.१५ प्रतिशत रहेको थियो।

रिटेन्ड् अर्निङ २ अर्ब ६९ करोड ४२ लाख ३१ हजार रुपियाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपियाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपियाँ ९६ पैसा मात्र थियो ।

Advertisement

Advertisement

Advertisement