सेयर बजारमा समान्य सुधार, शिवम् सिमेन्ट्सको सेयरमा उत्साहजनक वृद्धि जारी

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार पनि सुुधार जारी रहेको छ । आइतबार ३ अंकले बढेको नेप्से परिसुचक आज ६ दशमलव ३० अंकले बढेर एक हजार ३०१ कायम भएको छ भने ७८ करोड रुपियाँको सेयर कारोबार भएको छ ।

केही दिनदेखि उत्साहजनकरुपमा नाफा गर्दै आएको शिवम सिमेन्ट्सको सेयरको नाफा र कारोबार आज पनि उच्च रह्यो । आज उक्त कम्पनीको ११ करोड ४६ लाख रुपियाँको सेयर कारोबार भयो भने नाफा झण्डै १० प्रतिशत (४५ रुपियाँ)ले बढ्यो ।

समूहगत कारोबार जलविद्युत, उत्पादनमूलक समूह र अन्य समूह सबैभन्दा बढि दरमा उक्लिएका छन् । जलविद्युत समूहको उपसुुचक ३ दशमलव ०५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको उपसुचक २ दशमलव ४१ प्रतिशतले बढेको छ । त्यस्तै अन्य समूहको उपसुचक २ दशमलव ०२ प्रतिशतले बढेको छ । यता व्यापार समूहको उपसुचक भने २ प्रतिशतभन्दा बढिले ओरालो लागेको छ ।

Advertisement

Advertisement

Advertisement