राष्ट्र बैंकले तोक्यो मुद्दती निक्षेपको न्यूनतम सीमा तीन महिना

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती खाताको न्यूनतम समय सिमा निर्धारण गरेको छ । राष्ट्र बैंकले न्यूनतम तीन महिनाको मुद्दती निक्षेपको समय सिमा तोकेको हो ।

अब तीन महिनाभन्दा कमको मुद्दती निक्षेप राख्न नपाइने भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तीन महिनामाथि मात्र मुद्दति निक्षेप राख्न पाइने ब्यवस्था गरेको छ ।

पछिल्लो समय बैंकहरुले निक्षेप संकलनका लागि एक महिना, दुईमहिनाको लागि पनि मुद्धति खातामा रकम जम्मा गर्दे आएका थिए । राष्ट्र बैंकको यो निर्देशन पछि बैंकहरुले मुद्दती बचतमा तीन महिना न्यूनतम राख्नुपर्ने भएको छ ।

राष्ट्र बैंकको निर्देशनलाई बैंकर्स संघले सजिलै स्वीकारेको छ । केही बैंकले नीतिगत निर्देशन हुनुपर्ने माग समेत गरेका थिए । कम समयका लागि मुद्दती निक्षेप राख्दा तरलतामा अस्थीरता आउनुका साथै बैंकहरुबीच अस्वस्थ्य प्रतिश्प्रधा बढेको थियो ।

के हो मुद्दती खाता ?

मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अवस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयुक्त हुन्छ ।

यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडि नै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।

अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement