एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई नोबेल हस्पिटलले २५ प्रतिशतसम्म छुट दिने

Advertisement

काठमाडौं । नोबेल हस्पिटलमा उपचार गराउँदा एनआईसी एशिया बैंकका ग्राहकले आकर्षक छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक तथा उनका परिवार र आफन्तले नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५५ सम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका थिए । हाल बैंकको ग्राहक संख्या करिब १६ लाख पुगेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement