एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई भेनस हस्पिटलले १५ प्रतिशत छुट दिने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई भेनस हस्पिटलले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका हुन् ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई रहेको छ । बैंकले सेवा प्रदान गर्न र शाखा विस्तार गर्न सफल भएको जनाएको छ ।

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement