अर्जुन कपुको ‘इन्डियाज मोस्ट वान्टेड’ सुपरफ्लप

Advertisement

काठमाडौँ । बलिउड अभिनेता अर्जुन कपूरको एक्सन थ्रिलर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा असफल भएको छ । वास्तविक घटनामा आधारित फिल्म ओपनिङ विकेन्ड कलेक्सन निराशाजनक छ ।

यस फिल्मले तीन दिनमा मात्र आठ करोड ६६ लाखको व्यापार गरेको छ । ट्रेड एक्सपर्ट तरण आदर्शले ट्वीट गर्दै फिल्मको तीन दिनको कलेक्सन सार्वजनिक गरेका छन् । शुक्रवार फिल्मले भारतीय बजारमा दुई करोड १० लाख, शनिवार तीन करोड तीन लाख र आइतवार तीन करोड ५३ लाखको व्यापार गरेको छ । राम्रो रिभ्यू पाउँदा पाउँदै पनि अर्जुनको यो फिल्मले दर्शकलाई खुसी गर्न सकेको छैन । फिल्मले यही सुस्त रफ्तार नछाड्ने हो भने ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा नराम्रोसँग पछारिने देखिन्छ ।

‘इन्डियाज मोस्ट वान्टेड’ फिल्मसँग 'पीएम नरेन्द्र मोदी' पनि रिलिज भएको थियो । यो फिल्मले पनि बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपि, अर्जुनको फिल्मभन्दा राम्रो व्यापार भने गरेको छ । फिल्मले तीन दिनमा ११ करोड छापेको छ ।

Advertisement

Advertisement

Advertisement