व्यवयसायी सुमार्गीको २२ बैंक खाता राष्ट्र बैंकले रोक्का गर्यो

Advertisement

काठमाडौं । व्यवयसायी अजेयराज सुमार्गीको २२ वटा बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो ।

शुक्रबार राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ(संस्थाका बैंक खाताहरु रोक्का गरेको छ ।

अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्कागर्दै बैंकले आफुमाथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् ।

उनले राष्ट्र बैंकको यस्तै रबैया रहे स्वदेशमा विदेशी लगानी भित्र्याउन समेत गा¥हो पर्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement