सकारले ‘ज्ञान पलायन’ बढेको भन्दै ‘ब्रेन गेन’ अभियान सुरु गर्यो

Advertisement

काठमाडौं । सकारले ‘ज्ञान पलायन’ बढेको भन्दै त्यसलाई नेपालकै हितमा प्रयोग गर्न ‘ब्रेन गेन’ अभियान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको ‘ब्रेन गेन सेन्टर’ले नेपालीको सिप तथा क्षमताको पहिचान, प्रवर्द्धन, सम्पर्क, परिचालन र पुरस्कृत गर्ने उद्देश्यले शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरेका हुन्।

गैरआवासीय नेपालीको सिप र क्षमतालाई केन्द्रमा राखेर उनीहरूको ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न यो अभियान सुरु गरिएको सरकारले बताएको छ।

परराष्ट्र मन्त्रालयमार्फत सञ्चालन हुने यो अभियानका लागि मन्त्रालयले एउटा ‘डाटाबेस सेन्टर’ समेत बनाएको छ। अभियानमामा आवद्ध हुन चाहने जोकोही नेपाली र गैरआवासीय नेपालीले आफ्नो क्षमताबारे उक्त डाटाबेसमा सूचना भर्न सक्नेछन्।

डाटाबेसमा आफूले सहज महसुस गर्ने सीप र क्षमता सम्बन्धी सूचना मात्रै प्रवेश गराउनुपर्ने छ। आफूले डाटाबेसमा प्रवेश गराएका सूचना समयअनुसार अद्यावधिक तथा फेरबदल समेत गर्न सकिनेछ।

Advertisement

Advertisement

Advertisement