फाइभ स्टार होटलको जस्तै सुविधा दिने दाबीसहित इम्पेरियल ब्यांक्वेट खुल्यो

Advertisement

काठमाडौँ । काठमाडौँमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी छ । चाबहिलको चिरपरिचत स्थान केएल टावरको छतमा इम्पेरियल ब्यांक्वेट खुलेको हो । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका ब्यांक्वेटले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गरिरहेका छन् ।

टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई तीन सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ । अग्लो स्थानमा रहेको ब्यांक्वेटमा कार्यक्रम र पार्टी आयोजना गर्दा स्तरीय सेवाका साथ काठमाडौँ उपत्यकाको विशाल भ्यू पनि हेर्न सकिने इम्पेरियलका प्रमुख कार्यकारी अधिकृत अनुप शर्मा बताए । यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेटको व्यवस्थापन हेर्दै आएका शर्माले इम्पेरियल काठमाडौँ उपत्याकाको उत्कृष्ट ब्यांक्वेट भएको दाबी गरेका छन् ।

लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण इम्पेरियलले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको शर्मा बताउँछन् । दोर्जे शेर्पा र बोधकृष्ण सुवेदी सञ्चालक रहेको इम्पेरियल भिजिट गर्ने जोकोही पनि यसको सजावट र यहाँबाट देखिने उपत्यकाका दृश्य हेरेर मुग्ध हुने शर्माले बताएका छन् ।

ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, इम्पेरियलले कम्तिमा ५० जना मात्र हुने पार्टी र कार्यक्रमका लागि पनि सेवा उपलब्ध गराउँछ । ५० जनादेखि दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको सिईओ शर्माल् बताए ।

थाइल्यान्डबाट ल्याइएका इन्टेरियर सामानले इम्पेरियल भव्य देखिन्छ । पर्याप्त पार्किङ सुविधा भएको ब्यांक्वेटसम्म जानका लागि केएल टावरमा छुट्टै दुई वटा लिफ्टको व्यवस्था गरिएको छ । खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले इम्पेरियल काठमाडौँको उत्कृष्ट ब्यांक्वेट भएको सञ्चालकहरूको दाबी छ ।

Advertisement

Advertisement

Advertisement