गुठी विधेयकको विरोध गर्दै सडकमा उत्रीएकामाथि प्रहरीको हस्तक्षेप, माइतीघर क्षेत्र तनावग्रस्त

Advertisement

काठमाडौं । गुठी विधेयकको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो । साथै, सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्ध भएका छन् ।

प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि उनीहरुले ढु‌ंगा मुढा गरेका थिए । प्रदर्शन गर्ने १० जना घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।

Advertisement

Advertisement

Advertisement