ललितपुर फाइनान्सको कारोबार रोक्का

Advertisement

काठमाडौं । ललितुपर फाइनान्सको नेपाल स्टक एक्सचेञ्जमा सोमबारदेखि शेयर कारोबार रोकिएको छ। फाइनान्सले प्राइम कर्मर्सियल बैंकसँग शनिबार विलय हुने सम्झौता गरेसँगै नेप्सेले सोमबारदेखि फाइनान्सको शेयर कारोबार रोक्का गरेको हो।

प्राइम कर्मर्सियल बैंक केहि दिन अघि कन्काई विकास बैंकलाई समेत एक्विजिशन गर्ने सम्झौता गरेको छ।

शनिबार एक समारोहकाबीच प्राप्ती सम्वन्धी सम्झौतापत्रमा ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जन र बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठले हस्ताक्षर गरेका थिए।

 

Advertisement

Advertisement

Advertisement