भारतद्वारा भूकम्पपछिको पुनर्निर्माणका लागि थप १ अर्ब ६० करोड सहयोग

Advertisement

काठमाडौं । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ता बापतको रकम एक अर्ब ६० करोड उपलब्ध गराएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजिभसिंह पुरीले चेक हस्तान्तरण गरेका हुन् ।

भुकम्पपछिको नीजि आवास पुर्ननिर्माणका लागि भारतले यसअघि दुई अर्ब १० करोड रुपियाँ उपलब्ध गराइ सकेको छ ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि तत्कालै पुर्ननिर्माणका लागि सहयोग उपलब्ध गराउने आश्वासन दिएको भारतले ढिलो गरी सहायता रकमको दोस्रो किस्ता उपलब्ध गराएको हो । अझै थुप्रै मुलुक र दातृ निकायले प्रतिबद्धता अनुसार रकम उपलब्ध गराएका छैनन् ।

Advertisement

Advertisement

Advertisement