सांग्रिला बैंकको नयाँ योजनाः ‘बचत पनि बीमा पनि’, १६ लाखसम्मको बीमा हुने

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ बचत खाता ‘बचत पनि बीमा पनि’ संचालनमा ल्याएको छ । जीवन सुरक्षा(सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको हो ।

ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा रु. १६ लाख सम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।

खाता खोल्दा ग्राहकहरुले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात रु.५०००/–, रु.१५०००/– तथा रु.२५०००/– रहेका छन् ।

यो खाता खोल्ने ग्राहकहरुले लकर सुविधामा विषेश छुट, निःशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षको लागि निःशुल्क सुविधा प्राप्त गर्न सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement