ललितपुर महानगरले सात करोड खर्चेर सडक बत्ती राख्दै

Advertisement

काठमाडौ । ललितपुर महानगरपालिकाले सात करोड खर्चेर सडक बती राख्ने भएको छ। सडक बत्ती जडान गर्नको लागि विद्युत प्राधिकरणसँग महानगरपालिकाले सम्झौता गरिसकेको छ।

महानगरभित्रका सडकमा आगामी आर्थिक वर्षदेखि सडक बत्ती जडान हुने भएको छ। बत्ती जडान गर्नको लागि विद्युत प्राधिकरणसँग सम्झौता भइसकेको ललितपुर महानगरपालिकाले जनाएको छ । सम्झौतामा एक करोड दिइसकेको छ। बाँकी रकम छ करोड काम सम्पन्न भइसकेपछि प्राधिकरणलाई हस्तान्तरण गरिने महानगरले जनाएको छ ।

महानगरले मुख्य सडक कुपण्डोलबाट पुल्चोक, लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मंलबजार, एकान्तकुनाबाट बुंगमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागेको हो।

Advertisement

Advertisement