उदयपुरमा २८ थान सखुवाको काठ बरामद

Advertisement

उदयपुर । उदयपुरमा अवैध रुपमा ल्याउदै गरेको २८ थान सखुवाको काठ बुधबार बरामद गरिएको छ । बेलका नगरपालीका वडा नं ९ भचुवा चोकमा स १ ह २८२७ नम्वरको अटोमा अबैध रुपमा ल्याउदै गरेको २८ थान सखुवाको चिरान काठ बरामद गरिएको हो ।

भचुवा चोकमा काठ ल्याउँदै गर्दा गस्ति टोलीले पक्राउ गरी आवश्यक कार्बाहिका लागि सब-डिभिजन वन कार्यालय मैनामैनिमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

Advertisement