वीच्याट र अलिपेले नेपालमा वैधानिक भई कारोबार विस्तार गर्ने

Advertisement

काठमाडौं । डिजिटल भुक्तानी प्रणाली वीच्याट र अलिपेले नेपालमा वैधानिक भई कारोबार विस्तार गर्ने भएका छन्। वीच्याट र अलिपेले नेपाल राष्ट्र बैंकमा कारोबारलाई वैधानिकता दिन आवेदन दिएका छन्।

दुबै कम्पनीले कारोबारलाई वैधानिकता गराउने उद्देश्यले अनुमति माग गरेको राष्ट्र बैंकले जनाएको छ । वीच्याट, अलिपे र यूनिपे गरी तीन वटाले डिजिटल कारोबारका लागि अनुमति मागेकाले बैंकले अहिले आवेदन तथा सिस्टमको अध्ययन भइरहेको छ जनाएको छ ।

यसअघि राष्ट्र बैंकले अनुमति नलिइकन कुनै पनि डिजिटल भुक्तानी प्रणाली सञ्चालन हुन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचनापछि यी चिनियाँ कम्पनीले दर्ता हुन आवेदन दिएका हुन्।

ठमेल, बसन्तपुर तथा पोखराजस्ता पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, गेष्ट हाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी हुने गरेपछि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी अनुमतिबिना कारोबार गरे कारबाही गर्ने चेतावनी दिएको थियो।

वीच्याट, अलिपेको डिजिटल प्रणालीले वैधानिकता पाइसकेपछि हुने कारोबारले रेमिट्यान्समा योगदान देखिनेछ भने व्यवसायीको कारोबारमार्फत राजश्वमा टेवा पुग्नेछ।

Advertisement

Advertisement

Advertisement