एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १० प्रतिशत छुट

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले धनगढीको सीपी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । धनगढीको चटकपुरस्थीत सीपी हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दै आएको जनाएको छ । सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १० प्रतिशत छुट पाउँन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १० प्रतिशत छुट पाउनेछन् । ‘सर्भिस विथ स्माईल’ नारासहित एभरेष्ट बैंकले ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको जनाएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement