प्रभु बैंकको नयाँ शाखा धादिङ्गको आरुघाटमा

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २, विशालनगरमा आजदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहका बीच बैंकको शाखाको उद्घाटन भएको हो।

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष थापाले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुसी प्रकट गरे। उनले आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए।

Advertisement

Advertisement

Advertisement