देवः विकासको साधारणसभाः ५.५ प्रतिशत बोनस सेयर पास, वेष्र्टनलाई प्राप्ति गर्न स्वीकृति

Advertisement

काठमाडौं । देवः विकास बैंकको १२औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले गत बर्षको मुनाफाबाट ५ दशमलव ५० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको अध्यक्षतामा बसेको सभाले वेष्र्टन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतिका लागि पेश भएको प्रस्ताव पनि पास गरेको छ ।

साथै, सभाले बैंकको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक बर्ष २०७४÷७५ असार मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि पास गरेको छ ।

Advertisement

Advertisement

Advertisement