चलचित्र विकास बोर्डबाट पौडेल सम्मानित

Advertisement

काठमाडौं। चलचित्र विकास बोर्डले निर्मलराज पौडेललाई फिचर मुभी र विज्ञापनका क्षेत्रमा पु¥याएको योगदानबापत सम्मान गरेको छ । बोर्डको १९ औं वार्षिकोत्सको अवसरमा सोमवार काठमाडौंमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले उनलाई सम्मान गरेका थिए ।

पौडेलले लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्र निर्माण क्षेत्रमा पुर्याएको योगदान र भूमिकाको स्मरण गर्दै यो सम्मान प्रदान गरेको चलचित्र विकास बोर्डले बताएको छ ।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधामा काम गरिरहेका १९ जना चलचित्रकर्मीलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement