जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

Advertisement

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार सञ्चालन गरेको छ । बैंकका सञ्चालक समितीका अध्यक्ष केशब बहादुर रायमाझीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बैंकका अन्य सञ्चालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement