उच्च अदालतको हेटौँडा इजलासले एक वर्षमा झण्डै ८० प्रतिशत मुद्दा किनारा लगायो

Advertisement

काठमाडौं । ललितपुरको पाटनस्थित उच्च अदालतको हेटौँडा इजलासले यो आर्थिक वर्षमा झण्डै ८० प्रतिशत मुद्दा किनारा लगाएको जनाएको छ । उक्त इजलासले यो वर्ष दर्ता भएका एक हजार चार सय ५३ मुद्दामध्ये एक हजार एक सय ५५ मुद्दा किनारा लगाएको हो ।

उक्त इजलासले पुनरावेदन क्षेत्राधिकारअन्तर्गतका एक हजार दुई सय ८६ मध्ये एक हजार ३४ शुरु क्षेत्राधिकारका ५५ मध्ये २८ र रिट निवेदनअन्तर्गतका एक सय १० मध्ये ९३ मुद्दा किनारा लगाएको जनाएको हो ।

यसैगरी पुनरावेदन परेका सात सय ९० सरकारवादी फौजदारी मुद्दामा छ सय ५१ र दुनियाँवादी देवानी मुद्दा तीन सय १६ मध्ये दुई सय ४२ मुद्दा किनारा लागाइएको रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए । त्यस्तै एक सय ७९ दुनियाँवादी फौजदारी मुद्दामा एक सय ३८ को फैसला भएको छ भने साधकअन्तर्गतका तीन पुनरावेदनमध्ये सबै फछ्र्यौट भएको छ । उनका अनुसार उक्त इजलासमा १८ महीना नाघेका पाँच मुद्दा मात्र बाँकी छन् ।

इजलासले न्याय प्रवाहलाई छिटोछरितो बनाउँदै लगेको त्यहाँका मुख्य न्यायाधीश टेकराज नेपालले बताए । यो वर्षको असार मसान्तसम्म ८० प्रतिशत मुद्दा किनारा लागेको जानकारी दिँदै उनले अदालतको कामकारवाहीलार्ई सञ्चारमाध्यमले सार्वजनिक गरे यसप्रति जनताको आस्था बढ्ने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement