मर्जरमा नगई नहुने अवस्था नेपाली बैंकहरुको होइन्ः तुलसीराम गौतम

Tulsi-Ram-Gautam

वित्तीय क्षेत्रलाई सुदृढ गर्न भन्दै करिव एक महिनाअघि राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर मिल्ने संस्थाहरुसँग मर्जरमा जाने प्रतिवद्धता ल्याउन आग्रह गर्दै समय दिए । तर पछिल्ला दिनहरुमा यो मर्जरको कुरा एकाएक सेलाउँदै गएको अवस्था छ । अधिकांश बाणिज्य बैंकहरु मर्जरका लागि मनोवैज्ञानिकरुपमा तयार रहेको देखिन्न । यद्यपि उनीहरु मौद्रिक नीति कस्तो आउँछ, त्यसका आधारमा उपयुक्त निर्णयमा लिने पखाईमा छन् । यसै सन्दर्भमा सेन्चुरी बैंकका सिइओ तुलसी गौतमसँग गरिएको छोटो कुराकानी यस्तो छः

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको संख्या धेरै भयो भनेर मर्जरमा जानु भनेको अवस्था छ । सेन्चुरी बैंकको तयारी के छ मर्जरको सम्वन्धमा ?
पहिलो कुरा हामी मौद्रिक नीतिको पखाईमा छौं । यो विषयमा हाम्रो पनि ८–१० दिनअघि कुरा भएको थियो । मुल कुरा भनेको मौद्रिक नीति कसरी आउँछ ? इन्सेन्टिभ (सुविधा) आउँछ कि आउँदैन ? त्यो हेरेर मात्रै भन्न सकिने कुरा हो । मर्जरकै लागि भनेर हाम्रोमा समिति बनिसकेको छ । झट्टै अघि किन नबढेको भने मौद्रिक नीति कसरी आउँछ ? भनेर हो ।

मौद्रिक नीतिमा तपाईंहरुको अपेक्षा के हो ?
कुरा दुई किसिमको छ । केही दिनअघि ‘मर्जर आफै गर, नगरे म्याण्डेटरी हिसावले पनि मर्जर गर्नुपर्ने हुनसक्छ’ भन्ने कुरा आइरहेको थियो । हुनसक्छ मात्रै, भइसकेको छैन । त्यस्तो म्याण्डेटरी (अनिवार्य) कुरा आयो भने कसरी जाने ? अर्को भनेको ‘गछौं भने गर, नगर्ने भए पनि नगर, तिम्रो खुशी’ भन्यो भने कसरी जाने ? जानेपर्ने अवस्था आएको अवस्थामा के कस्ता छुट सुविधा दिइन्छ ? त्यसले आकर्षण थप्न सक्छ । त्यो भनेको मोटामोटी रेसियोको कुरा हो । सीसीडी छ, अहिले थपिएको कल डिपोजिटको पनि कुरा छ, कर पनि छ, यद्यपि कर भनेको सरकार पट्टिको कुरा भयो, त्यस्ता कुराहरुलाई राष्ट्र बैंकले कसरी सम्बोधन गर्छ ? छुट सुविधा दिन्छ कि दिँदैन् ? पूरानो पनि लामो लिष्ट छ, के के पाउने के के नपाउने ? भन्ने, जुन कुरा मर्जर वाई–लमा आइसकेको कुरा हो । त्योबाहेक पनि थप छुट सुविधाका कुराहरु आउँछ कि आउँदैन् ? भन्ने कुराको प्रतिक्षामा छौं ।

भनेपछि छुट सुविधाले मर्जरमा जाने नजाने कुरा निर्धारण हुने भयो ?
निर्धारण नै त नभनौं । अल्ली आकर्षण बढ्ने मात्रै हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने मर्जरलाई विवाहसँग तुलना गरिएको छ, विवाह भनेको त दुई पक्षको कुरा मिल्छ कि मिल्दैन ? लामो समयसम्म सँगै हिँड्न सक्छ कि सक्दैन ? भन्ने कुरा अहम हो । मुल मुद्दालाई छोडेर हतारमा बलजफती विवाह गर्दा गर्दुवामा के आउला ? के पाइयला ? भन्ने कुरा हुनसक्छ । मेरो लागि त भन्नुहुन्छ भने यो गौण कुरा हो ।

हुन त मर्जरको कुरा सेलाउँदै गएको जस्तो देखिन्छ । यद्यपि भोलि मौद्रिक नीतिमार्फत मर्जरका लागि फोर्स गरियो भने तपाईंहरु के गर्नुहुन्छ ?
अहिले त हामीले दबाब महशुस गरेको छैन् । राष्ट्र बैंककै पदाधिकारीहरुको अभिव्यक्तिहरु हेर्दा सुन्दा चाहीं म्याण्डेटरीकै रुपमा मर्जरको कुरा आउला जस्तो मलाई लाग्दैन् । अर्को कुरा स्वयच्छाले गर्ने मर्जर त अहिले पनि खुल्ला नै छ । जस्ले जहिले जर्दा पनि भइहाल्छ । त्यसका लागि बोलिरहनुपर्ने कुरा छैन् । मर्जर बन्द गर्ने प्रश्नै उठेन् । जबरजस्ती मर्जर गराउने कुरा पनि होला भन्ने मैले बुझेको छैन् । नेपालका बैंकहरुलाई फोर्स मर्जरमा लैजानुपर्ने आवश्यकता आइपरेको हो जस्तो मलाई लाग्दैन् । मलेसियाको उदाहरण दिइन्छ । मलेसियाको केश फरक हो । त्यहाँका बैंकहरु जस्तो क्राइसिसमा नेपालका बैंकहरु मलेसियाको उदाहरण दिइन्छ । मलेसियाको केश फरक हो । त्यहाँका बैंकहरु जस्तो क्राइसिसमा नेपालका बैंकहरु छैनन् । राम्रो मुनाफा दिइरहेका छन् । राष्ट्र बैंकले तोकेका कुराहरु पूरा भएका छन् । मर्जर गर्ने कुरामा धेरै कुराहरु मिल्नु पनि पर्छ ।

गर्भनरले भनेजस्तो फिनटेक (वित्तीय प्रविधि)को खर्च बढिरहेको छ, बैंकहरु लगानीयोग्य पुँजीको कमीले समस्या भोग्दै आएको अवस्था छ, संख्या धेरै भएर अस्वस्थ प्रतिस्पर्धाको कुरा आइरहेको छ । यस्ता कम गर्न त मर्जरमै जानु ठिक हुन्छ नि । होइन् र ?

यसमा मेरो के सोचाई छ भने बैंकिङ क्षेत्रमा समस्या के के छन् ? १, २, ३, ४ भनेर आउनुपर्यो । त्यो समस्याको कारण के हो ? त्यो पनि आउनुपर्यो । र, त्यसको निराकरण मर्जर नै हो त ? हो भने कसरी हो ? तर्कसंगतरुपमा आउनुपर्यो । पहिलो कुरो बैंकहरुमा डिपोजिटको क्राइसिस छ । यद्यपि अहिले अलिअिल सुधार भएको छ । तर पूरै समाधान भएको छैन् । साउनमा पैसा बढि हुने कुरा पहिला पनि देखिएको हो । जुन डिपोजिटको क्रन्च छ, त्यसलाई मर्जरले समाधान गर्दैन् । २८ वटा बैंक घटेर १५ वा १० हुँदैमा तरलता समस्या समाधान भएर जाँदैन् ।

अर्को कुरा अनहेल्दी कम्पिटिशन भयो भन्ने छ । अनहेल्दी भनेको के हो ? गैरकानुनी काम गरेको भए सजाय दिने कुरा होला । त्यो राष्ट्र बैंकले गरिहाल्छ । र रह्यो फिनटेकको कुरा । मिडियामा आएजस्तो फिनटेकमा अर्बौं रुपियाँ खर्च हुँदैन् । जति हुनु भइसकेको छ । नियमितरुपमा हुने अलिअलि हो, त्यसले बैंककै नाफामा असर गर्ने भन्ने हुँदैन् । बरु मर्जरमा जाँदा फिनटेकमा भएको लगानी चाहीं खेर जान्छ । सफ्टवयरमा भइसकेको खर्च सम्वन्धित बिक्रेताले फिर्ता गर्दैन् । तर कालान्तरमा हेर्ने हो भने जस्तो चार वटा बैंकले चार वटा सफ्टवयर किनेर चलाइरहेको छ, उनीहरु मर्ज भयो भने एउटैले काम चल्यो । एउटै सफटवयरले पुग्यो, एउटै एजेन्सीलाई पैसा दिए पुग्यो । त्यो हिसावले त ठिकै पनि हो । तर आजै सफ्टवयरले गर्दा बैंकहरु मर्जरमा गइहाल्नुपर्ने अवस्था होइन् ।

बैंकहरुमा लगानीकर्ताहरुको लगानी बढिको अवस्था छ । पुँजी बढेकाले पहिला जस्तो बैंकहरुले प्रतिफल दिन सकेको अवस्था छैन् । लगानीकर्ताले नाफा खोजिहाल्छ । त्यसका लागि बैंकहरु बलियो भएर जाँदा राम्रो होला ?
मर्जरले त्यसलाई कसरी सहयोग गर्छ र ? यो कुरा भनेको बैंकको नम्बरसँग सम्वन्धित कुरा होइ्न । पुँजी कति पुग्यो भन्दा पनि हाम्रो ग्याप हेर्नुपर्यो । त्यो भनेको सीएआर (क्यापिटल एडुकेसी रेसियो) । मानौ १० अर्ब क्यापिटल छ भने मोटामोटी एक खर्ब लोन दिन पाइन्छ । हाम्रो क्यापिटल बढिसक्यो दुई अबबाट आठ अर्ब । बढेको क्यापिटलमा सीएआर ग्याप छ । कतिपय बैंकहरुले पैसा थपेको छ नि । त्यो ग्यास रहँदासम्म बैंकहरुको ल्याण्डिङ क्यापासिटी (कर्जा प्रवाह गर्ने क्षमता) त्यतिकै रहिरहन्छ । सबै बैंकलाई एक बनाए पनि १२ बनाए पनि क्यापिटल इज देयर । ग्याप पनि छ । कुनै बैंकको ठूलो ग्याप होला, कुनैको सानो । समग्रमा जति ग्याप हुने हो, जोड्दा त्यो ग्याप रहिरहन्छन् । अहिले २८ वटा बैंकले जति कर्जा प्रवाह गर्न सक्छन्, एउटा बनाउँदा पनि सक्ने त्यति नै हो । मेरो भन्नुको मतलब मर्ज भएर संख्या घट्दैमा नाफा बढ्ने भन्ने होइन् । ठूलो भएर राम्रो हुँदै जाने कुरा त राम्रो हो ।

सेन्चुरी बैंकले साना कुनै बैंक वित्तीय संस्थालाई प्राप्ति गर्ने योजना बनाउनु भएको छ ?
छैन् । किनभने केही समय अघिमात्रै हामीले पाँच वटा संस्था एक्वायर (प्राप्ति) गरेको हो । उनीहरुलाई कन्सोलिडेट गर्न हामी लागिरहेका छौं ।

सेन्चुरी कान्छो बैंक । के कस्तो छ तपाईंहरुको वित्तीय अवस्था ?
असारको रिपोर्ट आइसकेको छैन् । तर हाम्रो फाइनान्सियल स्थिति साउण्ड छ । हाम्रो हेर्दा फाइनान्सियल मात्रै नहरेर राष्ट्र बैंकले धेरै रेसियोहरु तोकेको छ, सीसीडी, सीआरआर, लिक्विडिटी आदि कुराहरु हामीले म्याच गरेको अवस्था छ ।