प्रभु बैंकको नाफा १४४ प्रतिशतले बढ्यो, अब २ अर्ब कमाउने क्लबमा

Advertisement

काठमाडौं । प्रभु बैंकको नाफा १४४.५७ प्रतिशतले वृद्धि भएको छ । २०७५ असार मसान्त अवधीमा ८३ करोड रुपैंयाँ मात्रै नाफा कमाएको प्रभु बैंकले २०७६ असार मसान्त अवधीमा भने २०३ करोड नाफा आर्जन गर्न सफल भएको हो । यो नाफा २०७५ असार मसान्तको भन्दा १२० करोड अर्थात १४४.५७ प्रतिशतले बढी हो ।

प्रभु बैंकले असार मसान्त अवधीमा ११२ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ । चैत मसान्तमा ९७ अर्ब निक्षेप संकलन गरेको बैंकले ३ महिनामा त्यसलाई बढाएर ११२ अर्ब पुर्याएको हो । यो अवधीसम्ममा बैंकले ८६ अर्ब कर्जा लगानी गरेको छ । प्रभु बैंकको सिसिडी रेसियो ७४.२५ प्रतिशत मात्रै रहेको छ ।

प्रभुको खराब कर्जा २.३१ प्रतिशत छ भने आधार ब्याजदर ९.३६ प्रतिशत छ । बैंकको स्प्रेडदर भने ४.७० प्रतिशत रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी २४.१८ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६३.८० रहेको छ ।

Advertisement

Advertisement

Advertisement