शाओमी फर्चून ग्लोबल ५०० सूचीमा, सबैभन्दा कान्छो कम्पनी

Advertisement

काठमाडौं । शाओमी कर्पोरेशनले ९ वर्षको पुनरावृत्तिपछि कम्पनी पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको घोषणा गरेको छ ।

बेजिङ्ग–आधारित विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा कान्छो कम्पनी बन्न सफल भएको छ । गत आर्थिक वर्षमा शाओमीले २६,४४३.५० मिलियन अमेरिकी डलर राजस्व तथा २०४९.१० मिलियन अमेरिकी डलर बराबरको मुनाफा कमाएको छ । कम्पनी इन्टरनेट सेवा र रिटेलिङ श्रेणीमा ७औं स्थानमा रहेको छ ।

शाओमीका संस्थापक, अध्यक्ष तथा सीईओ लेई जुनले शाओमीलाई फर्चून ग्लोबल ५०० को सूचीमा पुग्न केबल ९ वर्ष लागेको र यो माइल्स्टोन हासिल गर्नका लागि निरन्तर समर्थन गर्नुहुने एमआई फ्यान तथा प्रयोगकर्ताहरुमा आभार प्रकट गरे । उनले भने, ‘यो वर्षको सूचीमा हामी सबैभन्दा कान्छो कम्पनी हौं, यस गौरवपूर्ण रेकर्डसँगै हामी विश्वव्यापी विस्तारको यात्रालाई अर्को स्तरमा पुर्याउन यी सब कुराहरुलाई ध्यानमा राख्नेछौं ।’

लेई जुनले थपे, ‘विगतका वर्षहरुमा, हामीले मुख्य रणनीति, व्यवस्थापन संरचना, टेक्नोलोजी अनुसन्धान र विकास प्रणालीहरु, प्रोडक्ट लाइनअप, ब्राण्ड डेभ्लप्मेन्ट र अन्यमा महत्वपूर्ण सुधार र समायोजन गरेका छौं । घरेलु तथा अन्तर्राष्ट्रिय समकक्षहरुको तीव्र प्रतिस्पर्धाको बावजुद यी कदमहरुले शाओमीलाई निरन्तर चम्कन सशक्त बनाएको छ ।’

स्मार्टफोन र स्मार्ट हार्डवेयरको साथमा इन्टरनेट अफ थिङ्ग प्ल्याटफर्ममा आधारित अप्रिल २०१० मा स्थापना भएको इन्टरनेट कम्पनी शाओमी पहिलो पटक जूनमा फर्चून चीन ५०० सूचीको ५३औं स्थानमा पर्न सफल भएको थियो ।

सन् २०१२ मा कम्पनीको सेल्स रेभिन्यू आरएमबी १० हजार मिलियन (१४५३.७२ मिलियन अमेरिकी डलर) र सन् २०१७ मा आरएमबी एक लाख मिलियन (१४५३७.२१ मिलियन अमेरिकी डलर) पुगेको थियो ।

शओमीले निरन्तर कन्ज्यूमर ब्राण्ड इक्विटी र बलियो विकास क्षमताको प्रदर्शन गर्दछ यसका लागि कम्पनीको अनुपम तथा शक्तिशाली ‘ट्रयाथलोन’ बिजनेस मोडलका लागि धन्यवाद जुन डूअल–कोर रणनीति ‘स्मार्टफोन प्लस एआईओटी’ को परिणाम हो ।

अन्तर्राष्ट्रिय बजार अनुसन्धान संगठन आईडीसीका अनुसार, मार्च २०१९ मा, शाओमी सिपमेन्ट सेल्स भोलुमका आधारमा प्रत्येक वर्ष ३२.२ प्रतिशतको वृद्धि गर्दै विश्वकै चौथो स्मार्टफोन ब्राण्ड बनेको छ । कम्पनीले २०० भन्दा बढि इकोसिस्टम कम्पनीहरुमा लगानी गरेको छ जसमध्य धेरैजसो स्मार्ट हाडवेयको विकासमा स्पेशलाइज्ड गरेका छन्, र मार्च २०१९ को अन्त्यसम्म स्मार्टफोन र ल्यापटप बाहेक करिब १७१ मिलियन आईओटी उपकरण बनाउदै विश्वकै सबैभन्दा ठूलो उपभोक्ता आईओटी प्ल्याटफर्म बनाएको छ ।

शाओमीले विश्वभरका ८० भन्दा बढि बजारमा पदचिन्ह फैलाइसकेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संगठन क्यानलेसका अनुसार मार्च २०१९ मा शाओमी ४० वटा भन्दा बढि बजारमा सिपमेन्टका आधारमा शिर्ष ५ स्थानमा रहेको छ र ३१.४ प्रतिशत बजार सेयरसँगै निरन्तर ७ क्वाटरसम्म भारतको ठुलो स्मार्टफोन ब्राण्ड बनेको छ ।

Advertisement

Advertisement

Advertisement