ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा २ जना पक्राउ

Advertisement

काठमाडौं । भक्तपुर प्रहरीले घुस दिन खोज्ने २ जनालाई नियन्त्रणमा लिएको छ । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा बा ८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका-१० घर भएका २२ वर्षीय सञ्जिव लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएका १९ वर्षीया सविना थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

मध्यपुरठिमी नगरपालिका–३ कौशलटार खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेकोले कागजपत्र मागेको थियो । सोही क्रममा कारबाहीबाट बच्न नगद एक हजार दिई उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement