मघेस डुवानको समस्यालाई लिएर लालबाबुले भेटे केन्द्रका मन्त्री, अब टालटुले कामले नहुने

Advertisement

काठमाडौं । मधेसमा हरेक बर्ष बर्खामा देखिने बाढि र डुवानको समस्यालाई लिएर प्रदेश नं २ का मुख्यमन्त्री लालबावु रावतले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई सोमबार भेटेका छन् ।

टोलीसहित आएका राउतले पुनलाई भेटी मधेस डुवान र बाढिको समस्या समाधानका लागि एकीकृत पहलको प्रस्ताव गरे । भेटमा प्रदेश २ का भौतिकमन्त्री जितेन्द्र सोनललगायत सहभागी थिए ।

मुख्यमन्त्री राउतले मधेसमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने चेतावनी पनि दिए । उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दिर्घकालिन योजना बनाउनुपर्ने बताए ।

रावतले केन्द्र सरकारको ध्यान ठूला नदि व्यवस्थापनामा मात्र गएको भन्दै मधेसमा रहेका साना नदिले पनि क्षति पुर्याउने गरेको बताए । उनले मधेसमा बाढी र डुवानका कारण अर्बौंको धनजनको क्षति भएको भन्दै भने, ‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन । अब व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दिर्घकालिन समाधान नखोज्ने हो भने समग्र भुभाग नै खतरामा पर्ने सम्भावना छ ।’

मन्त्री पुनले मधेस डुवानको दीर्घकालीन समाधानका लागि एकीकृत योजना बनाउने प्रस्ताव गरे । उनले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने बताए ।

मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए । उनले भने, ‘डुवानको जरो कुरा पत्ता लगाउनका लागी एकीकृत योजना बनाएरै अघि बढौ, दुवै सरकारबीच समन्वय गरेर एकीकृत योजना बनाए मात्र दिर्घकालिन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन ।’

Advertisement

Advertisement

Advertisement