मलाई 'हेग' पुर्याए झन हिरो हुन्छुः प्रचण्ड, राजा फेरि आएर क्रान्ति नहुने तर्क

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग (युद्ध अपराधसम्वन्धी अन्तर्राष्ट्रिय अदालत) पुर्याए आफू झन हिरो हुने तर्क गरेका छन् । विप्लव समूह छोडेर नेकपा प्रवेश गरेका केही व्यक्तिहरुलाई सोमबार आफ्नै निवास खुमलटारमा स्वागत गर्दै उनले आफूलाई हेड पुर्याए झन संसारभर परिचित हुने बताएका हुन् ।

तत्कालिन बिद्रोही माओवादीका बर्हिगमित लडाकुहरुले पत्रकार सम्मेलन गरी युद्ध लडेका आफूहरुलाई धोका दिइएको भन्दै प्रचण्ड र बाबुराम भट्टराईलाई हेग पुर्याउने चेतावनी दिएका थिए ।

प्रचण्डले भने, ‘हेग लगेर पनि मलाई केही फरक पर्नेवाला छैन, लगे भने म झन विश्वकै हिरो भएर निस्कन्छु, संसारका जनताले यो त न्यायको पक्षमा रहेछ भनेर चिन्नेछन् । त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् ।’

उनले राजा फेरि आउँदैमा क्रान्ति हुँदैन, बरु प्रतिक्रान्ति हुन्छ भन्दै परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागिपरेको दावी गरे । प्रचण्डले आन्दोलनरत नेत्रविक्रम चन्द विप्लव पनि कि त आफूहरुसँगै मिल्न आउनुपर्ने कि त श्रीलंकको लिट्टेजस्तै सिद्धिने बताए ।

आफूले बेलैमा पाएको उपलब्धिलाई सुरक्षित गर्दै अघि बढ्नुपर्छ भनेकाले अहिलेको परिवर्तन हासिल भएको भन्दै नत्र आफूहरुको हालत पनि लिट्टेको जस्तै हुन्थ्यो भने । प्रचण्डले संघीय गणतन्त्र कायम भएसम्म आफूहरुलाई कसैले केही गर्न नसक्ने बताए । दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने उनको तर्क छ ।

प्रचण्डले क्रान्ति भनेको लाखौं करोडौं जनताले गर्ने काम भएको तर्क गर्दै अनि मात्रै क्रान्ति सार्थक हुने, नत्र नहुने बताए । आफूहरुको चाहेको धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेकाले अहिलेको अवस्थामा आएको भन्दै उनले क्रान्तिका नाममा प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्दा अहिलेको व्यवस्था नरहने बताए ।

Advertisement

Advertisement

Advertisement