काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ६६ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार पाँच सय रुपियाँले बढेर ६७ हजार आठ सय रुपियाँ कायम भएको हो ।
त्यसैगरी, महासंघले आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ६७ हजार ५०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५८ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५७ हजार ८७५ रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ७९५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६८१ रुपियाँ ५० पैसा कायम गरेको छ ।