आँखा अस्पताल सञ्चालनको तयारीमा, एक करोड ३९ लाख मुल्य बराबरको सामग्री उपलब्ध

Advertisement

उदयपुर । आगामी पुस महिनादेखि सञ्चालनको तयारीमा रहेको उदयपुर आँखा अस्पतालमा १ करोड ३९ लाख मुल्य बराबरको सामग्री उपलब्ध भएको छ । नेपाल सरकारको १ करोड र जापान सरकारको ३९ लाख लागतमा अस्पताललाई चाहिने उपकरणहरु उपलब्ध भएको हो । अस्पताल सञ्चालनको जिम्मा पाएको नेपाल नेत्र ज्योति संघ उदयपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल सञ्चालनको तयारी र उपकरण बारे जानकारी दिएको हो ।

उपलब्ध सामग्रीमध्ये ३५ लाख मुल्यको फाको मेसिन रहेको छ । बाँकी अन्य १५ प्रकारका औजार मेसिन रहेको नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए । आँखाको घाँउलाई सानो बनाएर उपचार गर्ने यो मेसिन नेपालकै प्रसिद्ध आँखा अस्पतालमा मात्र रहेको उनले बताए ।

जापान सरकारले राजदुताबासमार्फत उपलब्ध गराएको ९१ लाखमध्ये ३९ लाखको सामग्री खरिद गरिएको र बाँकी रकम स्थलगत अनुगमनपछि प्रगति हेरेर निकास गर्ने गरी सहमति भएको अध्यक्ष राउतले जानकारी दिए । उनले भने, ‘निकास भएको रकमअनुसार उपकरण खरिद गरिएको छ, बाँकी रकम भवन निर्माणमा केहि ढिलाई भएकाले निकासामा ढिलाई भएको हो, सम्भवत अबको एक महिनाभित्र सबै रकम आउँछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष राउतले १ करोड रुपैँया उपकरण खरिदका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत पठाएको जानकारी दिए । त्यसैगरी भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले गत आ।व।मा ५० लाख, प्रतिनिधिसभा सदस्य एवंम पुर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीमार्फत संसदिय कोषबाट ४० लाख, नेत्र ज्योति संघ केन्द्रिय कार्यालयबाट १५ लाख र डा। गोपाल पोखरेलबाट १ लाख गरी हालसम्म उपकरण र भवन निर्माण शिर्षकमा २ करोड ९७ लाख रुपैँया विभिन्न निकायबाट उपलब्ध भएको राउतले जानकारी दिए ।

तेश्रो तला निर्माणचरणमा रहेको आँखा अस्पतालमा नेपाल सरकार र जापान सरकारले अप्रेशन माईक्रोस्कोप, फाको मेसिन, एस्काईन, डेहुमिडिफर, ओटि वेड, स्टे«लिजेसन सेट, कट्रयाक सेट, स्लाईट ल्याम्प, ट्राइल लेन्स सेट, दृष्टिजाँच एन्त्र, आँखाको नानी हेर्ने पावर मेसिन, मोतिविन्दुको अप्रेशन मेसिन लगायतका उपकरणहरु उपलब्ध भएको अध्यक्ष राउतले बताए ।

उपकरणहरु नेपालका प्रसिद्ध आँखा अस्पतालमा प्रयोग हुने सामग्री रहेको प्राथामिक आँखा उपचार केन्द्रका प्रमुख दुल्लिराज तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘प्रसिद्ध अस्पतालमा राखिएका मेसिनभन्दा कम छैनन्, यो हिसावले सञ्चालन गर्ने हो भने आँखा अस्पताल प्रदेशनम्बर १ कै नमुना बन्छ ।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिघा क्षेत्रफलमा रहेको आँखा अस्पताल सुबिधा सम्पन्न बनाउने गरी तयारी गरिएको संघका सदस्य सृजना दनुवारले बताईन् । उनले भनिन्, ‘यसलाई पुर्णरुपले सञ्चालन गर्न २३ जना डाक्टर चाहिन्छ, तत्काल सबै उपलब्ध नभएपनि थोरैबाट भएपनि सुरुवात गर्छौ । कर्मचारी व्यवस्थापनका लागि दातृनिकाय र सरकारसँग छलफल भईरहेको अध्यक्ष राउतले बताए ।

११ बर्षअघि प्राथामिक उपचार केन्द्रबाट सुरु भएको केन्द्रमा बार्षिक १७ हजार विरामी आउने गरेका छन् । ति मध्ये महिलाको संख्या पुरुषभन्दा ३ प्रतिशतले बढि रहेको उपचार केन्द्र प्रमुख तिमल्सिनाले बताए । उदयपुर लगायत छिमेकी जिल्ला खोटाङ्ग, भोजपुरबाट बिरामीहरु आउने गरेको उनको भनाई छ ।

उनले भने, ‘उपचार गर्न आएका विरामी मध्ये महिनामा झण्डै ५० जना अप्रेशनका विरामी आउँछन्, त्यो सेवा हामीसँग नभएपछि सगरमाथा चौधरी आँखा अस्पताल लाहानमा सिफारिस गर्छौ । अस्पताल र विशेषज्ञ सेवा नहुँदा सामान्य उपचारका लागि पनि जिल्लाबासीले छिमेकी जिल्ला धाउन बाध्य रहेको संघका सदस्य कृष्णकुमार भण्डारीले बताए ।

भवन निर्माणसँगै प्राथामिक आँखा उपचार केन्द्र सुबिधा सम्पन्न अस्पतालकोरुपमा परिणत हुने सदस्य भण्डारीले बताए । भवनको अभावमा भाँडा तिरेर सञ्चालनमा ल्याइएको केन्द्रलाई दातृनिकायको सहयोगमा भवन निर्माण गरी अस्पतालमा परिणत गर्न लागिएको हो

Advertisement

Advertisement

Advertisement