विद्युत प्राधिकरणका कर्मचारी ४६ हजार घुससहित पक्राउ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणका त्रिवेणी उप वितरण केन्द्र बर्दघाट(सुस्ता पश्चिम)का कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारी प्राविधिक नारायण कुर्मीलाई घुससहित पक्राउ गरेको हो ।

उनीहश्रले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भन्दै सेवा ग्राहीसँग ४६ हजार ५ सय ५५। रुपैंयाँ घुस मागेका थिए । उनीहरुलाई आयोगको टोलीले रंगेहात पक्राउ गरि थप अनुसन्धान अघि बढाएको प्रवक्ता  प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement