नेपाल एअरलाइन्सकोे ओसाका उडान भदौ १२ गतेदेखि

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले २९ अगस्ट भदौ १२ गतेदेखि जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जनाएको छ ।

नेपाल वायु सेवा निगमको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर निगमका अध्यक्ष मदन खरेलले भदौ १२ देखि निगमको वाइडबडी जहाजले जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जानकारी दिए।

‘हाम्रो सबै तयारी पूरा भएको छ, निगमको वाइडबडी जहाजले ओसाका उडान गर्नेछ’ अध्यक्ष खरेलले भने। ओसाका व्यापारिक हिसाबले उत्कृष्ट नभए पनि छिटो अनुमति पाउने भएकाले आवेदन दिएको र अनुमति पाएको पनि निगमले जनाएको छ ।

निगमले ओसाकामा हप्ताको ३ वटा उडान गर्नेछ । पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको र अगस्ट, सेप्टेम्बरमा यात्रु बढाउन संघर्ष नै गर्नुपर्ने निगमले स्वीकार गरेको छ । निगमका कमर्सियल डाइरेक्टर टंक दाहालले सेप्टेम्बरपछि भने यात्रु बढ्ने दाबी गरेका छन् ।

निगमले आउँदो जनवरीदेखि टोक्योको नारिता विमानस्थलमा उडान गर्ने गरी तयारी भैरहेको पनि जानकारी दिएको छ । ओसाका उडान गर्दा यात्रु नपाउने र उडान घाटामा रहने आलोचना भैरहेको छ । त्यसैलाई मध्यनजर गर्दै निगमले नारिता उडानलाई प्राथमिकता दिएर आवेदन दिएको र अनुमति पाउनेमा निगम आशावादी छ ।

Advertisement

Advertisement

Advertisement