सांसदले भने: राजतन्त्र फर्किदैन फर्काउने सपना कसैले नदेखे हुन्छ

Advertisement

काठमाडौं । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमालाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको बैठकमा उनदे भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ की छैन बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ । सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा के हो स्पष्ट गर्न माग गरे ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए झैँ लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिन आग्रह गरे ।

उनले काङग्रेस र वाम पार्टीबीचमा पानी बाराबारको स्थिति होइन, एक अर्काका अस्तित्व स्वीकार्य हुनपर्छ । संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न जानुअघि सर्वदलीय बैठक आयोजना गर्नुभएकामा म धन्यवाद दिन्छु ।

सांसद युटल तामाङले मुगु जिल्लामा हालैको बाढीले जलविद्युत् आयोजना बगाउँदा अन्धकार भएकाले तुरुन्त मर्मत गर्न माग गरेका छन् । वडादशैँको मुखमा कर्णालीका अधिकांश सडक सञ्चालन नभएकाले सडक मर्मतमा ध्यान दिँदै कर्णालीका जिल्लामा नियमित हवाई उडानको प्रबन्ध मिलाउनुपयो । कर्णालीमा कर्मचारी नम्बर लिन मात्र गएनन् । विकास गर्छु भन्ने भावना लिनुपयो उनले भने ।

अर्का सांसद रामप्रित पासवानले तराई,मधेशका डुबान पीडितलाई नाममात्रको राहत दिएको भनिएपनि वास्तविक पीडितले नपाएको गुनासो गरे । प्रदेश २ लाई बाढी,डुुबानग्रस्त घोषणा गर्न माग गर्दै उनले सरकारले वितरण गरेको भनिएको सात करोड रकम कहाँ कुन जनताले पाए त्यसको हिसाब सार्वजनिक गर्नु पर्दछ भने ।

सांसद रामलखन चमारले नवलपरासीलगायत तराई÷मधेशका १३ वटा उखु मिलले किसानलाई भुक्तानी नदिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै धानमा मल हाल्ने समयमा मल नपाएको बताए ।

Advertisement

Advertisement