यी हुन् विश्वकै ५ ठूला सयेर बजार,  कहाँ किन्न पाइछ एप्पल, माइक्रोसफ्ट, अमेजनको सेयर ?

Advertisement

काठमाडौं । संसारकै ठुला सेयर बजार कुन कुन होलान र ति कुन देशका होलान ? भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । संसारका ५ वटा ठुला सेयर बजारमा न्युयोर्कदेखि सांघाई हुँदै हङकङसम्म परेका छन् ।  एप्पल, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीको सेयर कहाँ सूचितकृत भएको होला ?  जस्ता प्रश्नहरु पनि स्वभाविक रुपमा उठिरहेका हुन्छन् । यी हुन संसारका पाँच ठुला सेयर बजार र यस्ता छन् बिशेषता

१) न्युयोर्क स्टक एक्सचेञ्ज
सन् १७९२ मा स्थापना भएको न्युयोर्क स्टक एक्सचेञ्ज विश्वकै पुरानो मध्येमा पर्ने बजार हो । पहिलो विश्वयुद्धमा लन्डन स्टक एक्सचेञ्जलाई पछि पारेयता यो विश्वकै सबैभन्दा ठुलो सयेर बजारका रुपमा रहँदै आएको छ । यसको बजार पुँजी मात्रै करिब २२३ खर्ब अमेरिकी डलर छ । यसमा हाल दुई हजार चार सय कम्पनी सुचीकृत छन् । सन् २०१७ मा ग्यालपको एक अध्ययन अनुसार ५४ प्रतिशत अमेरिकी नागरिकले यो बजारमा सुचीकृत कम्पनीमा लगानीगरेका छन् । विश्वको कुल पुँजी बजारको ४० प्रतिशत पुँजीकरण यो स्टकको हिस्सा छ ।
२) नास्डाक
सन् १९७२ मा स्थापना भएको नास्डाक न्युयोर्ककै अर्को स्टक एक्सचेञ्ज कम्पनी हो । विश्वका ठुलो प्रविधि कम्पनीको मक्काको रुपमा यसलाई लिइन्छ । एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट, टेस्ला, सिस्कोलगायत विश्वका चर्चित प्रविधि कम्पनी यसमै सुचीकृत छन् । सन् २०१८ को नोभेम्बरको तथ्याङ्क अनुसार यसको बजार पुँजीकरण एक सय खर्ब डलर रहेको छ । सयको मासिक कारोबार औषत १० खर्ब २६ अर्ब डलर छ ।
३) टोकियो स्टक एक्सचेञ्ज
यो विश्वकै तेस्रो ठुलो स्टक एक्सचेञ्ज कम्पनी हो । सन १८७८ मा स्थापना भएको यो कम्पनीमा दुई हजार तीन कम्पनी सुचीकृत छन् । यी सबै कम्पनीको कुल पुँजीकरण करिब ५० खर्ब ६७ अर्ब डलर छ । दोस्रो विश्व युद्धपछि यो स्टक एक्सचेञ्जमा करिब चार वर्ष कारोबार प्रतिबन्ध गरिएको थियो । त्यसपछि सन् १९४९ मा मात्र यसबाट कारोबार सुरु भएको थियो । टोयोटा, होन्डा, सुजुकी, सोनीजस्ता विश्वकै चर्चित कम्पनी यसमा सूचिकृत छन् ।
४) साङघाई स्टक एक्सचेञ्ज
विश्वको चौथो ठुलो स्टक एक्सचेञ्जको रुपमा रहेको चीनको साङघाई स्टक एक्सचेञ्जको बजार पुँजीकरण करिब ४० खर्ब डलर छ । यो एक गैर नाफामुलक कम्पनी हो । यसमा एक हजार कम्पनी सुचीकृत छन् । सन् १८६६ मा स्थापना भए पनि सन् १९४९ सम्म यसमा कारोबार प्रतिबन्धित थियो । सन् १९९० पछि मात्र यसबाट आधुनिक कारोबार सुरु भयो । यो कम्पनीमा विदेशी लगानीर्ताले स्थानीय मुद्रा मार्फत हुने कारोबारलाई पहिलो र डलरमा हुने सयेर कारोबारलाई दास्रो श्रेणीको कारोबार मानिन्छ ।
५) हङकङ स्टक एक्सचेञ्ज
विश्वकै वित्तीय राजधानी मानिने हङकङमा रहेको हङकङ स्टक एक्सचेञ्ज सन् १८९१ मा स्थापना भएको हो । करिब दुई हजार कम्पनी यसमा सुचीकृत छन् । त्यसमध्ये आधा चीनका कम्पनी छन् । यसमा मासिक एक खर्ब ८२ अर्ब डलर कारोबार हुने गर्छ । कम्पनीको बजार पुँजीकरण करिब ४० खर्ब डलर छ । सन् २०१७ मा यो कम्पनीले आफ्नो सम्पूर्ण भौतिक कारोबारलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरेको थियो । एआई एटेन्सन्ट होल्डिङ्स, पेट्रोचाइना, चाइना मोबाइल एचएसबीसी होल्डिङ्स यसमा सुचीकृत चर्चित कम्पनी हुन् । -गोरखापत्र दैनिकबाट

Advertisement

Advertisement

Advertisement