एलजीको आर्टिफिसिइल इन्टेलिजेन्सयुक्त ओलेड टिभी आयो बजारमा, नयाँ प्रविधि, नयाँ अनुभव

Advertisement

काठमाडौं । एलजीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त ओलेड टिभी नेपालमा भित्राइएको छ । जम्मा चार दशमलव ३३ एमएम मोटाई मात्रै रहेको यो टिभीमा रहेको एआई थिङक्यू विशेषताले गुगल एसिस्टेन्ट र अमाजोन एलेक्सा जस्ता सुविधा दिन्छ ।

मंगलबार आयोजित कार्यक्रममा चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले ओलिडको आधुनिक प्रविधियुक्त एलजी टिभी सार्वजनिक गरे । कार्यक्रममा उनले आधुनिक प्रविधिको विकासमा एलजी विश्वमै अग्रणी ब्राण्ड भएको बताउँदै ओलेड प्रविधियुक्त टिभी पहिलो पटक एलजीले नेपालमा भित्राउन सफल भएको बताए । चौधरीले एक बर्षअघि नै यो प्रविधि आएको भए यसले निकै राम्रो बजार लिइसकेको हुनेथियो भन्दै केही ढिलो भए पनि यो एलजी ओलेड टिभी उपभोक्तामाझा प्रस्तुत गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।

सिजी इलेक्ट्रोनिक्सका बजार प्रमुख सञ्जय राजभण्डारीले एलजी ब्राण्ड उपभोक्ताको मनमस्तिस्कमा बसेको लोकप्रिय ब्राण्ड हो भन्दै नानो सेल प्रविधिमा आधारित एलजी ओलेड टिभी हलुका, पातलो र उत्कृष्ट दृश्ययुक्त टिभी भएकोले नेपाली बजारमा लोकप्रिय हुने बताए ।

यो टिभीमा रहेको फोरके एक्टिभ एचडीआरले दृश्यलाई अनुकुलन गर्नुका साथै चित्रको गुणस्तरलाई बढाउँछ भने यसमा भएको अल्फा९जेन प्रोसेसरले टिभीका गतिविधिहरुलाई नियन्त्रण गर्दछ । भिन्न अनुभव र बेग्लै चित्र प्रदान गर्ने एलजीको नानो सेल प्रविधिको ओलेड टिभीमा म्याजिक रिमोट रहेको छ, जसले कम्प्युटरको माउसले जसरी काम गर्दछ ।

यसमा कुनै व्याकलाईट प्रयोग भएको हुँदैन भन्दै सिजी इलेक्ट्रोनिक्सले जसका कारण वाइडर कलर प्राप्त हुने जनाएको छ । भ्वाइस कमाण्डबाट चलाउन सकिने एलजी ओएलइडी टिभीमा हलिउड फिल्महरुमा प्रयोग हुने डब्ल्यु भिजन प्रयोग गरिएको हुन्छ, जसले दृश्यलाई प्राकृतिक बनाउन सहयोग गर्दछ ।

बजारमा कम्तिमा १९ हजारदेखि आठ लाख रुपियाँसम्म पर्ने एलजीका यस्ता टिभीहरु जुनसुकै कुनाबाट हेर्दा पनि फरक पर्दैन् । एलजी ओलेड टिभीले अरु टिभीको तुलनामा भिन्न अनुभव र गुणस्तरको प्रत्याभूति प्रदान गर्दछ । साथै, एलजीको यूएचडी टिभी भिन्न तरिकाले बनाइएको छ । यसको आईएसपी फोरके डिस्प्लेले इस्पस्ट र जिवित चित्र प्रदर्शन गर्दछ ।

Advertisement

Advertisement