नेशनल माइक्रोफाइनान्सः १५ करोडको कम्पनी, १२ करोड लाभांश

Advertisement

काठमाडौं । नेशनल माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ८० प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आफ्ना सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको ९० औं सञ्चालक समिति बैठकले लगानीकर्तालाई ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । १५ करोड ८ लाख ८३ हजार चुक्ता पुँजी रहेको कम्पनीले आफ्ना लगानीकर्तालाई ११२ करोड ७ लाख ६४ हजार लाभांश दिन लागेको हो ।

Advertisement

Advertisement

Advertisement