सिस्टम 'ह्याक' होइन, शाखाको एकाउन्ट युजर र पासवर्ड दुरुपयोग होः कृषि विकास बैंकका सीईओ

Advertisement

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायले बैंकको लहान शाखाबाट भएको पैसा चोरी सिस्टम ह्याक गरेर नभई शाखाको युजर आईडी र पासवर्ड दुरुपयोगबाट भएको बताएका छन् । कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रम ‘कर्पोरेट नेपाल’मा अन्तरवार्ता दिँदै उपाध्यायले सिस्टम ह्याक गरी बैंकबाट पैसा चोरी भएको भनेर बाहिर आएका कुराहरु सत्य नभएको भन्दै ग्राहकहरुले कुनै पनि चिन्ता लिनुपर्ने जरुरी नरहेको बताए ।

Advertisement

बैंकको लहान शाखाबाट मंगलबार चार करोड ७३ लाख रुपियाँ चोरी भएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । साथै, प्रहरीले पैसा चोरीमा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ पनि गरेको छ । चोरीको पैसामध्ये अधिकांश फिर्ता भइसकेको र बाँकी पनि फिर्ता हुने सीईओ उपाध्यायले बताए ।
उनी भन्छन्, ‘यो सिस्टमभन्दा पनि अपरेशनल रिक्स हो । व्यक्तिबाट समस्या आएको हो । खासगरी कर्मचारीहरुबाट समस्या आएको हो । सिस्टम ह्याक गरिएको वा सिस्टम ब्लक गरेर पैसा झिकिएको भन्ने कुरा होइन् ।
उपाध्यायले बैंकको सिस्टम ह्याक गरी पैसा झिकेको भन्ने प्रहरीको भनाई सही नभएको बताए । उनले सिस्टम ह्याक हो वा होइन भन्ने कुराको सुचना केन्द्रबाट नै हेर्न सकिने बताउँदै सेन्ट्रल एएमई सिस्टम भएकोले के भएको हो ? भन्ने कुरामा सबै जानकारी प्राप्त गर्न सकिने बताए ।उपाध्याय भन्छन्, यो विशुद्धरुपमा शाखाको कारोबारलाई, शाखाको आम्दानीलाई, त्यसमा पनि साउनपछिको जुन नाफा देखिन्छ, नाफामा जाने त्यो ब्यालेन्सलाई डेबिट गरेर पैसा ट्रान्सफर गरेको देखिन्छ । त्यसका लागि ब्रान्चकै युजर आईडी र पासवर्क प्रयोग गरिएको छ ।’उनले सफ्टवयरको सिस्टम ह्याक भएको भए अर्बौं रुपियाँ चोरी हुनसक्थ्यो भन्दै बैंकले प्रयोग गर्दै आएको सफ्टवयर विश्वकै तेस्रो सुरक्षित एवं महंगो सफ्टवयरको नयाँ भर्सन भएको बताए । उपाध्यायले पैसा चोरी भइरहेको बेला बेलामा नै प्रहरीको सहयोगमा संलग्नहरुलाई समाउन आफूहरु सफल भएको पनि बताए ।उनले भने, ‘जब पैसा चोरी भएको निक्र्योल भयो, तब प्रहरी र हाम्रो फोर्स परिचालन भयो । त्यही दिनमा संलग्नहरुलाई समात्ने काम भयो । सोही दिन सम्वन्धित ब्रान्चमा हाम्रो टिम पनि पठायौं । प्रहरी पनि गयो । जो जोबाट युजर आईडी र पासवर्ड मिसह्याण्डलिङ भयो, ती कर्मचारीहरुलाई केन्द्रमा तानिसकेका छौं र त्यहाँ अर्को व्यवस्थापन पनि गरेका छौं । संलग्नहरुमाथि छानविन पनि भइरहेको छ ।

थप कुराकानी शुक्रबार राति ९ बजे र शनिबार बिहान १०ः३० बजे न्यूज२४ टिभीबाट प्रसारण हुने कर्पोरेट नेपाल कार्यक्रममा हेर्नुहोला ।

Advertisement

Advertisement