चीनको एक कारखानामा आगलागी, १९ जनाको मृत्यु

Advertisement

काठमाडौं । चीनको पूर्वी इलाकामा रहेको एक कारखानामा भएको आगलागीका कारण १९ जनाको मृत्यु भएको छ ।

आइतवार बिहान भएको आगलागीका कारण तीन जना घाइते भएका छन् ।घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको त्यहाँको स्थानीय सरकारले ट्वीटरमार्फत जानकारी दिएको छ ।

पूर्वी झेजियान्ग प्रान्तमा रहेको एक कारखानामा स्थानीय समयअनुसार आइतवार बिहान आगोलागी भएको हो । त्यहाँको स्थानीय सरकारले यस घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

Advertisement

Advertisement