पोखरामा कोरला नाकाबारे बृहत छलफल, संसदीय समितिले गर्यो अनुगमन(फोटोफिचर)

Advertisement

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरला नाकाबारे वृहत छलफल भएको छ । संघीय संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको अगुवाईमा प्रदेशका मुख्य पृथ्वी सुब्बा गुरुङसहितको उपस्थितीमा वृहत अन्तरक्रिया गरिएको हो ।


विकास समिति सभापति खड्काको नेतृत्वमा संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं देखि मुग्लिन हुँदै पोखरा–बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा देखिएका समस्याहरुको निराकरणका उपायबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा सभापति खड्काले देशको अर्थतन्त्र र विकासको मेरुदण्डका रुपमा रहेको बेनी–जोमसोम–कोरला सडकको निर्माण द्रुतगतिमा गरिनुपर्नेमा जोड दिईन् । उनले नेपाल चीन व्यापार र देशको पर्यटन प्रवद्र्धनमा समेत सो सडक महत्वपुर्ण रहेकाले चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिईन् ।


कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले कोरला नाका पुग्ने सडक नै प्रदेशको मेरुदण्ड भएको बताए । उनले कोरला नाका पुग्ने सडक पूर्वाधार जति चाँडो निर्माण भयो त्यति नै चाँडो गण्डकी प्रदेशको समृद्धि सम्भव हुने पनि बताए । उनले सडक पूर्वाधारसँगै नाकामा भन्सार, सुरक्षा चेकजाँच लगायतका संरचना निर्माणमा समेत तदारुकता देखाउनुपर्ने बताए । उनले सडक र अन्य पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारले सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल भ्रमण वर्ष अगावै सो सडक निर्माण सम्पन्न गराउने उदेश्यसहित विकास तथा प्रविधि समितिले सडक अनुगमन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement