रा.वा. बैंकको आरबीबी मोबाइल बैंकिङ महामेलाका विजयीहरुलाई पुरस्कार वितरण

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले महामेलाका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेका छ । बैंकले आरबीबी मोबाइल बैंकिङको प्रवद्र्धनको लागि गत भदौ १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भईरहेको आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पांच जना विजयीहरुलाई आइतबार एक समारोहकाबीच पुरस्कार प्रदान गरेको हो ।

सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङका ग्राहकहरु रहेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले रा.वा. बैंकले विभिन्न युवा लक्षित कार्यक्रम मार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजिरहेको बताए । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रा.वा. बैंकसंग सन २००९ देखि मोबाइल बैंकिङमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउंदै रा.वा. बैंकको मोबाइल बैंकिङले समाजमा मोबाइल बैंकिङको आवश्यकता सृजना गराएको बिचार ब्यक्त गरे । कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु रिको स्थापित, कमलेश ठाकुर, सरोज बस्नेत लगायत बैंकका कर्मचारीहरु र एफवान सफ्टका अनिल रत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपियाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपियाँ रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement