अबैध नेपाली रुपियाँ कारोबारमा संलग्न दुई विरुद्ध ३३ करोड ३२ लाखको मुद्दा

Advertisement

काठमाडौं । नेपाली रुपैंयाको अबैध कारोबारमा संलग्न २ जना भारतीय रुपैंया विरुद्ध मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले नेपाली रुपैंयाको अबैध कारोबार तथा ओसार पसारमा संलग्न २ जना विरुद्ध ३३ करोड ३२ लाख रुपैंयाको मुद्धा दायर गरेको हो । विभागले भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरी विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

एक जनाले नेपाल आउँदा र जाँदा ५ हजार भन्दा बढी रकम लिएर आउन वा विदेश जान नपाउने व्यवस्था छ । विभागले उनीहरुले ३८ लाख ९३ हजार एक सय रुपैंयाँ नगद समेत बरामद गरेको छ । उनीहरुले भारतबाट नेपाली रुपैंया ल्याई नेपाली बैंकहरुमा १६ करोड २५ लाख १२ हजार ३ सय १३ रुपैंया जम्मा गरेका छन् ।

उनीहरुले कुल १६ करोड ६५ लाख ६९ हजार ५ सय ६६ रुपैंया ७५ पैसा विदेशी विनिमय अपलचन गरेको आरोपमा बिगोको दोब्बर जरिवाना हुने गरि मुद्धा दायर गरेको हो ।

उनीहरुबाट प्राप्त प्रमाण अनुसार भारतबाट अबैध भन्सार छली चोरी पैठारी गरी मालवस्तु नेपाल प्रवेश गरि सोबाट संकलित नेपाली रुपैया विदेशबाट नेपालमा रकम पठाएका व्यक्तीहरुको बैंक खातामा जम्मा गरेको फेला परेको छ ।

Advertisement

Advertisement

Advertisement