कम्युनिष्ट भनेको ज्ञान, संस्कार र चरित्रमा विशेषता हासिल गर्नु होः उपाध्याय

bhim-upadhyay

काठमाडौं । राजनीति गर्ने कुरा नेपालमा कसैलाई राजनीतिमा यथार्थमा गंभीर चॉसो छ भने उसले राजनीतिमा पैसा र करप्सनको खेललाई कसरी निर्मूल गर्न सकिन्छ ? त्यसमा अनुसंधान गरी जुक्ति निकालेर सत्ता सम्हाल्नुपर्छ । अनि मात्र मुलुकको कायापलट हुनेछ । भ्रष्टाचारबिना राजनीति चल्न सक्दैन भन्ने सोचका वर्तमान राजनीतिक पुस्ता एवं राज्य संचालकबाट यो संभव छैन ।

दलहरूको घोषणा पत्रमा उल्लेखित कुरा जसले जिते पनि हारे पनि लागू गरे भैहाल्छ । सबैले राम्रै गर्छु भनेकै हुन्छन् । आफूले नजिते पनि जित्नेलाई सहयोग गरे पुग्छ देश बनाउने हो भने । हारेमा गरिन्न किन भन्नुपर्यो र ? जिताएमा मात्र गर्छु किन भन्नुपर्यो र ? आखिर गर्ने त विज्ञ र कर्मचारीहरूले न हो, नेताले त शिलान्यास र उद्घाटन गर्न टुपल्किने हो ।

यिनै अहिलेकै नेताहरूको नेतृत्वका विगतका सरकारहरूले न हो हालसम्मका १५ वटा पन्चवर्षिय योजना पास गरेका, तिनमै यति धेरै कुस्त योजना छन् कि ती मात्र पूरा गर्न पनि यी नेताहरूका नातिसम्मलाई हम्मे पर्ने छ । थप नयॉ कुरा चाहिएकै छैन् किन बक्नुपर्थ्यो र । १५ औं योजना यसरी पूरा गर्छु मात्र भनुन् र गरून् , अनि त्यस पछि जनताले स्वयं मुल्यॉकन गरिहाल्छन्।

कम्युनिस्ट दल क्याडरबेस्ड हुने गर्छ । दल प्रवेश गरेपछि अनुशासन र प्रशिक्षणबाट खारिएपछि मात्र क्रमशः उच्च जिम्मेवारीको सोपान चढ्दै जाने हुन्छ । कम्युनिष्ट भनेको ज्ञान, संस्कार र चरित्रमा विशेषता हासिल गर्नु पनि हो । कसैलाई मत दिदैमा वा कुनै सिद्धान्त मन पराउदैमा कम्युनिस्ट हुनु हैन । नेपालमा कम्युनिष्ट बन्न जो जसले पनि पाउने भएको छ( न विगतको योगदान चाहिने, न संघर्ष र न चरित्रवान् हुनुपर्ने । त्यसैले नेपालमा कुनै दल पनि कम्युनिष्ट हैनन्, ब्र्याण्डिंग वा ट्यागिंग मात्र हो । कुन ट्याग र ब्र्याण्ड मन पर्छ रोज्ने रोजाउने मात्र हो ।

अरू मासबेस्ड लोकतान्त्रिक दल भनाउदाहरूको त झन् कुरा गरिसाध्य छैन। तिनका धून जसरी भए पनि पद पड्काउ, सत्तामा पुग र घूस खाउ पैसा कमाउ अनि मोज गर१ राज्यसत्ताको सबै अंगमा सेटिंग मिलाउ र महालुट सुनिश्चित गर ।

म चुनाव जितेर प्रधानमन्त्री बन्ने भएको भए नेपालका सबै दलका सबै घोषणा पत्रहरूमा उल्लेख सबै राम्रा संभव बिकासे बाचाहरू पूरा गर्ने योजना कार्यान्वयन गर्न थालिहाल्थें । सबैका घोषणाहरू जहिले पनि उस्तै एकसे एक राम्रा देखिन्छन् । विगत १५ वटा पन्चवर्षिय योजनामा र विगत २९ आर्थिक वर्षमा यिनै दलहरूका सरकारका बजेट भाषणमा गरिएका सबै पूरा हुन बॉकी बाचाहरू फटाफट पूरा गर्दै जान्थें, बिरोध गर्ने बिषय नै खलास् । तर, गर्ने हात र सोच्ने दिमागको बिकल्प छैन। तीब्र विकास गर्ने सबै मुलुकमा मेरिटोक्रेसी हुने गरेको छ ।-लेखक नेपाल सरकारका पूर्व सचिव हुन् ।