विदेश जाँदा अब पासपोर्टमा स्टिकर टास्ने दिन गए, अब मोबाइलमा आउँदैछ ई स्टिकर

Advertisement

काठमाडौं । श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले अब पासपोर्टमा स्टिकर टाँस्ने दिन सकिएको छ । वैदेशिक रोजगार विभागले श्रमिकहरुलाई आफ्नो मोबाइल नम्बर सही भर्न र इमेल ठेगाना तथा पासवर्ड याद गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले भने अब हामी ई स्टीकरतर्फ जाँदैछौ। सहि मोबाइल नम्बर, ईमेल र पासपोर्ट राख्न अनुरोध छ ।

उनले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिंदा पासपोर्टमा स्टीकर टाँस्ने प्रकृया अब यो हप्तामात्रै बाँकी रहने पनि बताए । उनले भोली देखि नै पासपोर्टमा टाँस्ने स्टीकरको सट्टा ई स्टीकर दिने कार्यको प्रारम्भ गरिने पनि बताए ।

'यसबाट दलालहरुले नक्कली स्टीकर बनाई भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्‍याउने, पासपोर्ट फोहोर हुने, १० बर्ष अघि जनरल लेबरमा विदेश गएर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टीकर देखाएर हिड्न पर्ने, स्टीकर छपाइमा सरकारको लाखौं रुपियाँ खर्च हुने अवस्थाको अन्त्य हुनेछ भने आफ्नो इमेलबाट जहिले चाह्यो उहिले स्टीकर प्रिन्ट निकाल्न सकिने र श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टीकर आउने दिन अब धेरै टाढा रहेन।', भुषालले भने ।

Advertisement

Advertisement