अब विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गरे १० प्रतिशत कर फिर्ता आउने, कर पनि कट्टा नहुने

Advertisement

काठमाडौं । अब विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गरे १० प्रतिशत रकम सम्वन्धित व्यक्तिको खातामा खोझै फिर्ता हुने भएको छ । आन्तरिक राजश्व विभागले कर दिवसको पूर्वसन्ध्यामा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

विभागका अनुसार उपभोक्ताहरुले वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतिय माध्यमबाट गरेमा १० प्रतिशत रकम सम्वन्धित व्यक्तिकै खातामा फिर्ता हुने र त्यसमा करसमेत कट्टा नहुने जानकारी दियो । विभागका महानिर्देशक विनोद कुँवरले कार्डबाहेक विभिन्न भुक्तानी सेवा प्रदायकमार्फत विद्युतीय भुक्तानी गर्दा यो सुविधा पाउन सकिने बताए । भिसा, डेबिट, क्रेडिट काडृबाट हुने भुक्तानीमा भने यस्तो सुबिधा पाइने छैन् । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरु इसेवा, आईएमई पे, खल्ति, थैली, प्रभु पे, सेल पे लगायतबाट भुक्तानी गर्दा भने १० प्रतिशत क्यास ब्याक प्राप्त हुनेछ ।
यस्तो सुबिधा सम्बन्धी कार्यबिधी धमाधम निर्माण भैरहेको र आगामी २ महिनाभित्र कार्यान्वयनमा ल्याउने पनि महानिर्देशक कुँवरले जानकारी दिए । 'अहिले हामी कार्यबिधी बनाउन जुटेका छौं, मलाई लाग्छ आगामी डेढ देखि दुई महिनाभित्र विद्युतिय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले १० प्रतिशत क्यास ब्याक पाउनेछन्', महानिर्देशक कुँवरले भने ।

त्यस्तै कुनै व्यक्तिले विभागमा म्यादभित्र पेश गरेको विवरण अन्यथा भई संशोधन गर्न चाहेकमा विवरण पेश गरेको मितिले ३० दिनभित्र प्रक्रिया पूरा गरेर संशोधन गर्न पनि सकिने विभागका अधिकारीहरुले बताए ।

विभागले १० लाख रुपियाँभन्दा बढिको कर भुक्तानी गर्दा नगदमा नगरी चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) लगातार चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता रहेको व्यक्तिले एकमुष्ट फिर्ता निवेदन दिन सक्ने व्यवस्था पनि गरेको छ ।

विभागले भ्याट लागू गरेको मिति मंसिर १ लाई हरेक बर्ष कर दिवसको रुपमा मनाउँदै आएको छ । आइतबारको कर दिवस आठौं हो । कर दिवसमा धेरै कर तिर्ने १५ व्यक्ति तथा विभिन्न क्षेत्रका प्रतिष्ठानहरुलाई सम्मान गरिने छ । त्यसबाहेक ७५ वटै जिल्लामा धेरै कर तिर्नेलाई पनि सम्मान गरिने कुँवरले बताए ।

Advertisement

Advertisement

Advertisement