मेगाले ३ महिनामै कमायो ४३ करोड, यस्तो छ ‘बैंक अफ द इअर २०१९’ जित्ने महिला सीईओको कार्यप्रगति

Advertisement

काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४३ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधीमा कमाएको भन्दा ३ करोड रुपैयाँले बढी हो । २०७५ असोज मसान्तमा बैंकको नाफा जम्मा ४० करोड मात्रै थियो ।
मेगा बैंकले असोज मसान्त अवधीमा वितरण योग्य मुनाफा नै ३२ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले यो अवधीमा ७९ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गरेको छ र सिडी रेसियो ७७.२४ प्रतिशत कायम गराएको छ । बैंकले २ अर्ब ६१ करोड ब्याज आम्दानी गरेर १ अर्ब ५६ करोड ब्याज खर्च गर्दै खुद ब्याज आम्दानी एक अर्ब ५ करोड कायम गराएको छ । जुन २०७५ असोजमा ९२ करोड मात्रै थियो ।

महिला प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनुपमा खुञ्जेलीको नेतृत्वमा मेगा बैंकले राम्रै प्रगति गरिरहेको देखिन्छ । बैंक अफ द इअर २०१९ अवार्डबाट भर्खरै सम्मानित मेगा बैंकले शुक्रबार मात्रै ११.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । १० अर्ब ३८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.४२ प्रतिशत, स्प्रेड दर ५.१३ प्रतिशत, आधार ब्याजदर १०.१९ प्रतिशत र कस्ट अफ ७.४० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.४८ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ १३३.८४ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement