तीन अर्बको ऋणपत्र निष्काशन गर्ने माछापुच्छ्रे बैंकको तयारी

Advertisement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन  गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न केन्द्रिय बैंकमा आवेदन दिएको हो।

वार्षिक १० दशमलव पाँच  प्रतिशत व्याजदरमा १० वर्ष  बैंकले  ऋणपत्र निष्काशन  गर्न लागेको जनाएको छ । व्याजको भुक्तनी अर्धवार्षिकमा रुपमा हुने गरी बैंकले एक हजार रुपियाँका दरले कुल तीस लाख कित्ताका लागि राष्ट्र बैंकमा आवेदन दिएको छ ।

केन्द्रीय बैंकबाट स्वीकृत भएपछि बैंकले ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले आवेदन र अन्य कागजातहरुको अध्ययन गरी केही समयपछि निश्कासनको अनुमति दिनेछ ।

बोर्डबाट अनुमति पाएपछि मात्र बैंकले ऋणपत्रको सार्वजनिक निश्कासन गर्ने जनाएको छ  ।

Advertisement

Advertisement

Advertisement